खजुराको मंगोलियनले उचाल्यो प्रदेशस्तरीय जुडोको उपाधि

कम्दी । बाँकेको डुडुवा गाउँपालिकामा शनिबार सम्पन्न दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिताको उपाधि बाँकेको खजुरामा रहेको मंगोलियन जुडो डोजेले उचालेको छ । मंगोलियनले ६ स्वार्ण, २ रजत र ५ कास्य जित्दै उपाधि जितेको हो ।

दोस्रो भएको दाङ जुडो डोजोले ३ स्वार्ण, ४ रजत र ३ कास्य जित्यो भने २ स्वर्ण, ४ रजत र ६ कास्यसहित प्रतियोगिता आयोजक कम्दी जुडो डोजो तेस्रो बन्यो । त्यस्तै बर्दिया जुडो डोजोले भने १ स्वार्णमात्र जित्न सफल भयो ।

डुडुवा गाउँपालिकाकाको समन्वयमा कम्दी जुडो डोजोले शुक्रबारदेखि कम्दीमा प्रतियोगिता संचालन गरेको थियो । प्रतियोगितालाई डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, कपिलबस्तु गरी ६ वटा जुडो कल्बका १ सय ३० खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ विद्यामा प्रतिस्पर्धा गराइएको थियो । महिलातर्फ ४०, ४४, ४८, ५२, ५७ केजी र खुल्ला तौल समूह तथा पुरुषतर्फ ४०, ४५, ५०, ५५, ६० केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा भएको हो ।

Previous articleसन्त नेता भट्टराईलाई सम्झँदै बागेश्वरी मन्दिरमा कांग्रेसद्वारा सरसफाई
Next articleनरैनापुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here