नरैनापुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा असल छिमेकी सामुदायिक हस्पिटलको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा एक दिने निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।

उक्त शिविरबाट तिन सय भन्दा बढी नागरिक लाभान्वित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा सम्पन्न शिविरमा ३०० जनाको नाक, कान घाँटीको उपचार, २०० जनाको सामान्य चेकजाँच गरि औषधी बितरण गरिएको थियो ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको स्वास्थ्य परिक्षण गर्दै शिविरको उद्घाटन गरिएको थियो । अध्यक्ष शाहले नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित रहेकाले सोही मर्मअनुसार पालिकामा काम भइरहेको बताउनु भयो ।

उहाँले जनताको सबैभन्दा महत्वपूर्ण र पहिलो आवश्यकता सहजरुपमा स्वास्थ्योपचार गर्न पाउनु रहेकोले पालिकाबाट प्रदान हुदै आएको स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउदै लैजाने जिकिर गर्नु भयो । अध्यक्ष शाहले नरैनापुरमा आयोजना भएको निःशुल्क शिविरबाट फाईदा लिन आग्रह गर्नु भएको थियो ।

असल छिमेकी सामुदायिक हस्पिटलका संचालक सदस्य डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको शिविरको उदघाटन नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले गर्नु भएको थियो भने कार्यक्रममा वडा नं.२ का अध्यक्ष मसूद अहमद शाह, वडा नं.३ का अध्यक्ष अजय मिश्रा, नाक,कान,घाटीका बिशेषज्ञ डाक्टर प्रकाश बस्याल लगायतको सहभागिता रहेको कार्यक्रममा लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सूर्य प्रकाश शाहले गर्नु भएको थियो । कार्यक्रमको संचालन पत्रकार गजेन्द्र गुरुङ्गले गर्नु भएको थियो ।

Previous articleखजुराको मंगोलियनले उचाल्यो प्रदेशस्तरीय जुडोको उपाधि
Next articleयुवा संघ नेपाल बाँके अध्यक्षमा ज्ञानेन्द्रराज ओली सर्वसम्मत चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here