होलीले आपसी सद्भाव, भाईचारा कायम गर्छ : अध्यक्ष ओली

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले आज पत्रकारहरु बिच होली मिलन कार्यक्रम गरेको छ । युनियन बाँकेको कार्यालय प्राङ्गण गणेशपुर रोडमा होली मिलन गरिएको हो ।

होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले होली पर्बले आपसी सद्भाव, भाईचारा कायम गर्ने विश्वास गर्नुभयो ।

युनियन बाँकेले बिगतका वर्ष झै यसवर्ष पनि होली मिलन कार्यक्रम गरेर आफ्नो परम्परालाई निरन्तरता दिएको बताउनुभयो ।

‘प्रेस युनियन बाँकेले हरेक वर्ष आजकै दिन होली मिलन कार्यक्रम गर्ने परम्परा छ, यसवर्ष पनि हामीले यसलाई निरन्तरता दिएका छौं, यहाँहरु सबैलाई होली पर्वको शुभकामना व्यक्त गर्दछु,’ ओलीले भन्नुभयो ।

सो क्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नविन गिरी, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईं, महासंघ बर्दिया शाखाका पुर्बअध्यक्ष एवम युनियनका नेता श्रीराम सिग्देल, युनियन लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, युनियन बाँकेका सल्लाहकार चेतकान्त भट्टराई, प्रेस युनियन र पत्रकार महासंघका कार्यसमिति सदस्यहरु, अन्य संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Previous articleनेपाल पत्रकार महासंघ बाँकेकाे हाेली मिलन ( फाेटाे फिचर)
Next articleतराईमा आज होली मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here