प्रतिबद्धता पुरा गर्न तल्लिन वडा अध्यक्ष दिपक बर्मा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१८ मा भौतिक निर्माणको कार्यले तिब्रता पाएको छ । वडा नं-१८ का बिभिन्न टोल बस्तीमा सडक निर्माण कार्यले तिब्रता पाएको हो ।

२०७९ सालको निर्वाचनबाट निर्वाचित भएपछि वडा अध्यक्ष बर्माले आफ्नो वडाको बिभिन्न टोल गाउँबस्तीमा बिकास निर्माणको कार्यलाई निरन्तरता दिनुभएको छ ।

यस वडामा एकपछि अर्को बिकास निर्माण कार्य सफल भइरहेका छन् । बिभिन्न टोलहरुमा सडक निर्माण सम्पन्न पनि भएका छन् जसले यहाँका जनतापनि वडाको योजनाप्रति खुशी छन् ।

पछिल्लो समय यस वडाको छकुने चौकदेखि दक्षिण गौरी शंकरटोल, लगदहवा हुँदै बाईपास सडकको दुई किलोमीटर अस्फाल्ट शिलान्यास कालोपत्रे निर्माण कार्य शरु भएको छ ।

मंगलबारबाट उक्त अस्फाल्टको कालोपत्रे गर्ने कार्य शुरु भएको वडा अध्यक्ष बर्माले बताउनुभयो । लगदहवा गाउँभित्र पक्की नाला समेत निर्माण भइ रहेको छ ।

वडा अध्यक्ष बर्माले चालू आर्थिक बर्षमा ११ वटा सडक कालो पत्रे, पी सी सी तथा आर सी सी नाला सहितको सडक निर्माण भइरहेको वडा अध्यक्ष बर्माले जानकारी दिनुभयो ।

उहाका अनुसार केही दिनपछि थप १४ वटा सडकको निर्माण कार्य शुरु हुने छ ।

Previous articleकुटपिटबाट एक जनाको ज्यान गयो
Next articleरामलिला मैदानमा योग समितिको होली मिलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here