रामलिला मैदानमा योग समितिको होली मिलन

नेपालगञ्ज । योग समिति नेपालले नेपालगञ्जमा भब्य होली मिलन गरेको छ । मंगलबार तराई होलीका दिन नेपालगञ्जस्थित रामलीला मैदानमा योग कार्यक्रमसंगै भब्य तरिकाले होली मिलन तथा शुभकामना साटासाट गरेको हो ।

योग कार्यक्रममा सहभागि भएका योग समितिका पद्दाधिकारी, सल्लाहकार, प्रशिक्षक तथा साधारण सदस्यबीच शान्तिपुर्ण सौहार्दपुर्ण होली मिलन तथा शुभकामना साटासाट गरिएको योग प्रशिक्षक सुमित्रा सुबेदीले बताउनुभयो ।

बिहानै उपस्थित भएका सबैलाई नियमित योग व्यायमका बारेमा जानकारीसंगै रंगहरुले जीवनमा पार्ने सकारात्मक प्रभावका बारेमा समेत जानकारी प्रदान गरिएको थियो । योग समिति नेपालका अध्यक्ष तथा योग प्रशिक्षक गिरीराज भट्टराई लगायतले योग प्रशिक्षणको सहजीकरण तथा महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

Previous articleप्रतिबद्धता पुरा गर्न तल्लिन वडा अध्यक्ष दिपक बर्मा
Next articleद्धन्द्धपिडित तथा प्रभावित महिलाको अवस्था र चुनौतीमा स्थानीय सरकारको भूमिका बिषयक अन्तरक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here