घोराही-तुलसीपुर चार लेन सडकको ठेक्का रद्द गर्ने तयारी

घोराही । दाङको घोराही–तुलसीपुर चार लेन सडक परियोजनाको ठेक्का रद्द गर्ने तयारी भएको छ । चार लेन परियोजना कार्यालय लमहीले सूचना निकालेर ठेक्का रद्द गर्नका लागि प्रकृया थालेको जनाएको छ ।

परियोजनाले ठेक्का रद्द गर्नुनपर्ने कारणसहित सम्बन्धित ठेकेदार कम्पनीलाई १४ दिनभित्र सम्पर्क गर्न सूचना निकालेको छ । परियोजना प्रमुख अनिश थापा मगरका अनुसार यदि तोकिएको अवधिमा ठेकेदार कम्पनी सम्पर्कमा नआए त्यही दिनदेखि नै ठेक्का रद्द हुनेछ ।

चौथो पटक थपिएको म्याद आउँदो असारसम्म छ । तर, त्यो अवधिमा ठेक्का लिएको कम्पनीले काम गर्न सक्ने सम्भावना न्यून रहेकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढेको हो ।चार लेनको ठेक्का भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्राले लिएको छ ।

यो कम्पनीले पेटी ठेकेदारमार्फत् काम गर्दै आएको थियो । यस बीचमा आठजना पेटी ठेकेदारलाई काम दिएको भए पनि निर्माण सुरु भएको पाँच वर्षसम्म पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन ।

चार लेन सडक अलपत्र हुँदा नागरिकले सास्ती खेप्नुपरेको छ । घोराही–तुलसीपुर चार लेनको काम २०७५ माघदेखि भारतीय एक्जिम बैंकको सहयोगमा एक अर्ब २३ करोडमा निर्माण सुरु गरिएको थियो ।

Previous article१७ वर्षमुनिको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
Next articleमेक्सिकोमा अपहरित चार अमेरिकीमध्ये दुई जनाको हत्या

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here