मेक्सिकोमा अपहरित चार अमेरिकीमध्ये दुई जनाको हत्या

एजेन्सी । मेक्सिकोमा अपहरणमा परेका चार जना अमेरिकी नागरिकमध्ये दुई जनाको हत्या भएको छ । अमेरिका र मेक्सिकोका अधिकारीका अनुसार दुई जनाको भने सकुशल उद्धार गरिएको छ ।

गएको मार्च ३ तारिखमा बन्दुकधारी समूहले चार जना अमेरिकी नागरिकको अपहरण गरेका थिए । टेक्सासको सीमा पारी मेक्सिकोको उत्तर पूर्वी राज्य तमाउलिपासको माटामोरोस शहरबाट उनीहरु अपहरणमा परेका थिए ।

उनीहरुका आफन्तका अनुसार उनीहरु कस्मेटिक सर्जरीका लागि त्यहाँ गएका थिए । उद्धार गरिएका दुई जनाको अमेरिकीको अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २४ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । घटनाप्रति अमेरिका र मेक्सिको सरकारले दुख व्यक्त गरेका छन् ।

Previous articleघोराही-तुलसीपुर चार लेन सडकको ठेक्का रद्द गर्ने तयारी
Next articleदक्षिण भारतीय अभिनेत्री तमन्ना भाटिया नेपालमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here