दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटिया नेपालमा

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटिया होलीको अवसर पारेर नेपाल आउनुभएको छ ।

तमन्नाले सो कुराको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत दिनुभएको हो । उहाँले नेपालमा होली मनाएको तस्वीर पोस्ट गर्दै ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै शुभकामना समेत दिनुभएको छ ।

तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्रीको फिल्म ‘बाहुबली’ मा निकै चर्चामा थियो । ‘बाहुबली’ का दुवै श्रृंखलाले नेपालमा आक्रात्मक कमाइ गरेका थिए ।

तमन्ना कति समय नेपाल बस्ने भन्नेबारे केही खुलाइएको छैन ।

Previous articleमेक्सिकोमा अपहरित चार अमेरिकीमध्ये दुई जनाको हत्या
Next article११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस: नेपालगञ्जमा एक संस्था सहित ११ जना सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here