राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनको अनुमति प्राप्त

दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्यापनको अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई स्नातक तहका लागि बिएससी नर्सिङ र बिएन एसको कक्षा सञ्चालन गर्ने अनुमती प्रदान गरेको हो ।

आयोगले नर्सिङ अध्यापनका लागि २०र२० सिट निर्धारण गरेको छ । योसँगै प्रतिष्ठानमा पहिलो पटक शैक्षिक कार्यक्रममा सुरु हुन लागेको हो । प्रतिष्ठानका उपकुलपती डा.विकास लामिछानेले आयोगको अनुमति पाएसँगै नर्सिङ अध्यापनको बाटो खुलेको बताउनुभयो ।

उहाँले अगामी शैक्षिक शत्रदेखि प्रतिष्ठानमा अध्यापन सुरु हुने बताउनुभयो । यसका लागि प्रतिष्ठानमा सबैखाले पूर्वाधार तयार भइसकेको उहाँले बताउनुभयो । ‘अध्यापनका लागि चाहिने कक्षा कोठा, लाइब्रेरी, अडोटोरियल रूमहरू जस्ता पूर्वाधार तयार छ,’ उपकुलपति लामिछानेले भन्नुभयो ।

उहाँले प्रतिष्ठानले उपचार सेवासँगै शैक्षिक कार्यक्रम पनि सञ्चालन हुने बताउनुभयो । यसअघि प्रतिष्ठानले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेपनि अनुमति पाएको थिएन ।

Previous articleएप्पलका दुई नयाँ आइफोन सार्वजनिक
Next articleश्रमिक महिलासँग जिफन्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here