एप्पलका दुई नयाँ आइफोन सार्वजनिक

एजेन्सी । आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आइफोन १४ सिरिजका दुई नयाँ आइफोन सार्वजनिक गरेको छ । एप्पलले पहेँलो रङमा आइफोन १४ र आइफोन १४ प्लसका नयाँ भेरिएन्ट सार्वजनिक गरेको हो ।

पछिल्लो केही दिनदेखि कम्पनीले आइफोन १४ का नयाँ मोडेलहरु सार्वजनिक गर्ने चर्चा चलिरहेको थियो, जसलाई एप्पलले सही सावित गरिदिएको छ । यद्यपि एप्पलले आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सका नयाँ मोडेल भने ल्याएको छैन ।

यसअघि सन् २०१८ मा एप्पलले पहेँलो रङमा ष्एजयलभ ह्च् को एक मोडेल ल्याएको थियो । त्यसपछि कम्पनीले आइफोन ११ को पनि पहेँलो संस्करण पेश गरेको थियो । स्मरण रहोस् एप्पलले सामान्यतया वसन्त ऋतुमा आफ्ना आइफोनका विभिन्न रङका नयाँ मोडेलहरु ल्याउने गर्दछ ।

गतवर्ष एप्पलले यहीँ सिजनमै आइफोन १३ र आइफोन १३ प्रो को अल्पाइन ग्रीन भेरिएन्ट लञ्च गरेको थियो । एप्पलले ल्याएको नयाँ भेरिएन्टमा रङका अलावा अरु कुनै परिवर्तन छैन । डिजाइनमा पनि कुनै परिवर्तन गरिएको छैन पनि हार्डवेयर तथा स्पेसिफिकेशन पनि उस्तै छ ।

त्यस्तै मूल्य पनि यसको मूल मोडलकै जत्ति छ । आइफोन १४ कुरा कुरा गदाृ यो हेर्दा आइफोन १३ जस्तै देखिन्छ । तर यो पटक कम्पनीले आइफोन १४ को प्लस मोडेल पनि सार्वजनिक गरेको छ ।

आइफोन १४ प्लसमा ब्याट्री ब्याकअप उत्कृष्ट छ तर डिजाइनमा भने आइफोन १४ जस्तै छ ।

Previous article११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस: नेपालगञ्जमा एक संस्था सहित ११ जना सम्मानित
Next articleराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनको अनुमति प्राप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here