पर्यटकीय केन्द्र बनाउन खजुरामा आजदेखि ज्ञान महायज्ञ शुरु

हरि अधिकारी, खजुरा । बाँकेको खजुरालाई पर्यटकिय केन्द्र बनाउने उद्देश्यले खजुरा बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा श्रीमदभागवत ज्ञान महायज्ञ तथा संगीतमय कथा प्रवचन सुरु भएको छ ।

वडा नम्बर ३ मा रहेको लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा फागुन ३० गतेसम्म संचालन हुने महायज्ञको खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले उदघाटन गर्नुभएको थियो ।

उद्घाटनका क्रममा बोल्दै गााँउपालिकाका अध्यक्ष विकले आध्यात्मलाई समाजिक रुपान्तरण गर्ने गरि गरिएको महायज्ञको विशेष अर्थ राख्ने बताउनुभयो । उहाँले खजुरालाई धार्मिक पर्यटकीय स्थलका रुपमा स्थापित गर्न महायज्ञ सार्थक बन्ने विश्वास व्यक्त गर्नुभयो ।

महायज्ञबाट निर्माण गर्ने भनिएको विशोल मुर्तिमा पालिकाको सहकार्य रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले लक्ष्मी नागरायण मन्दिरको प्रागंणबाट खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालदेखि खजुरा खानेपानी तथा सरसफाइ आयोजना एवम् ज्ञानोदय मावि विद्यालयको परिकल्पना गरिएको बताउँदै मन्दिरसँग खजुराबासीको विश्वास जोडिएको उल्लेख गनुृभयो ।

खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले खजुरा क्षेत्रमा खजुरावासीको योगदान उच्च रहेको बताउँदै खजुरावासीलाई धन्यवाद व्यक्त गनुृभयो । उहाँले महायज्ञलाई सफलतापूर्वक सम्पन्न गर्न पालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो ।

महायज्ञ आयोजक मूल समिति संयोजक एवम् लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति अध्यक्ष शिव श्रेष्ठका अनुसार नयाँ पुस्तामा धर्मको प्रचार गर्न महायज्ञले सहयोग गर्ने बताउनुभयो ।

महायज्ञबाट उठेको रकमबाट लक्ष्मीनारायण मन्दिर परिषरमा ६० फिट अग्लो संरचना निर्माण गरी उक्त संरचनामाथि विद्युतीय चक्रसहितको लक्ष्मी र नारायाणको मुर्ती स्थापना गरिने श्रेष्ठले बताउनुभयो । निर्माणपश्चिात खजुरा आसपासका क्षेत्रबाट विद्युतीय चक्र र लक्ष्मीनारायणको मुर्ती देख्न सकिने उहाँले बताउनुभयो ।

श्रेष्ठका अनुसार संरचना स्थपाना गर्न करिब ४ करोड रकम लाग्ने छ भने निर्माण ३ वर्षदेखि ५ वर्षसम्म सम्पन्न हुनेछ । साथै लक्ष्मीनारायणको दर्शन गर्नका लागि माथि चड्न संरचनाभित्र सिडी र लिफ्ट निर्माण गरिने उहाँले बताउनुभयो ।

महायज्ञका प्रमुख सल्लाहकार शरण कर्माचार्यले खजुरा र लक्ष्मीनारायण मन्दिरको इतिहास यस स्थानमा बस्ती बस्नुभन्दा पहिला पनि मानिसको बसाइँ रहेको प्रमाणहरु भेटिएको बताउनुभयो ।

उहाँले लक्ष्मी नारायण मन्दिरको प्रागंणमा बसेर संकल्प गरेर हरेक कामहरु सफल भएको बताउँदै खजुरामा मानिसहरुको बस्तीभन्दा पहिलाका धेरै धार्मिक क्षेत्रहरु भएकाले खजुरालाई धार्मिक गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताउनुभयो ।

क्यान्सर अस्पतालका संकल्पकर्ता सन्त श्री दीनदयाल महाराजले खजुराबासीले आयोजना गर्ने हरेक कार्यक्रम सकारात्मक हुने बताउनुभयो । उहाँले क्यान्सर अस्पतालले इतिहास रचेको उल्लेख गर्दै अहिले पनि खजुराबासीको संकल्प पुरा हुने बताउनुभयो ।

पंचेबाजासहित भजन किर्तन गर्दै १ सय ८ कलशसहित मन्दिरबाट कलश यात्रा सुरु गरिएको थियो । कलश यात्रा खजुरा बजार हुँदै एक नम्बर बजार, धनौली चौकी पुगेर पुनः मन्दिरमा फर्किएको थियो । यात्रामा ५ सय बढी खजुरावासीको उपस्थिती रहेको थियो ।

Previous articleश्रमिक महिलासँग जिफन्ट
Next articleविधिको पालनामा प्रतिवद्ध रहने राष्ट्रपति पौडेलको प्रतिवद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here