भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेबिसंघको माग

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेबिसंघ) ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ ।

नेबिसंघका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कक्षा ११ को भर्नाको समयमा निजी शैक्षिक संस्थाले मनलाग्दो शुल्क लिएको व्यापक गुनासो आएकाले तत्काल नियमन गरी आवश्यक कारबाही गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ढुङ्गानाले पिसीआर परीक्षण गर्न सर्वसाधारण रातभर लाइन लाग्नुपर्ने अवस्था सिर्जना भएको भन्दै पिसीआर परीक्षणलाई सहज बनाउन आग्रहसमेत गर्नुभयो । नेबिसंघले डा.गोविन्द केसीले उठाएका जायज मागको सम्बोधन गरी डा.केसीको जीवनरक्षा गर्न सरकारसँग माग समेत गरेको छ ।

यस्तै बझाङकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्यामा संलग्नलाई तत्काल कडा कारबाही गर्नुपर्ने बताएको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्सासहितको पाठ्यक्रम विक्री वितरण खुला गर्नुपर्ने बताउनुभयो ।

Previous articleकोभिड-१९ बाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो
Next articleबाँकेमा कोरोना कहर, साताभित्र ७५ बेडसहितको आइशोलेशन सञ्चालन गर्ने तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here