कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । आज थप ११ जना मृतक थपिएसँगै नेपालमा कुल मृतकको संख्या ५ सय ९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बाँकेमा ३४ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै काठमाडौं उपत्यकामा चार जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७८ र ६८ वर्षिय पुरुष, भक्तपुरमा ४८ वर्षिय र ललितपुरमा ४८ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै सुनसरी र रुपन्देहीमा तीन(तीन जनाको मृत्यु भएको छ ।

सुनसरीमा ५६, ५० र २७ वर्षिय पुरुषको मृत्यु भएको छ । रुपन्देहीमा ८०, ५५ र ४२ वर्षिय पुरुष, सुर्खेतमा ७५ वर्षीया महिला र एक जना ५९ वर्षीय चिकित्सकको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Previous articleसिँचाइ विभागका सिडिईविरूद्ध तीन करोडको भ्रष्टाचार मुद्दा
Next articleभर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेबिसंघको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here