जुवातास खेल्दै गरेका ४ जना १ लाख बढी रकमसहित पक्राउ

file photo

नेपालगञ्ज । कैलाली प्रहरीले जुवा तास खेलेको आरोपमा एक लाख चार हजार नगदसहित चार जनालाई पक्राउ गरेको छ ।

आइतबार धनगढी उपमहानगरपालीका-३ बोराडाँडीमा रहेको चन्द फास्टफुडको कोठामा जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा फास्टफुड सञ्चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५ का ३० वर्षीय विरेन्द्र चन्द, बझाङको जयपृथ्वी नगरपालिका ११ का ३६ वर्षीय शेरबहादुर थापा, धनगढी उपमहानगरपालीका १ का ४० वर्षीय धनबहादुर खड्का र २९ वर्षीय खडगबहादुर महरा रहेको प्रवक्ता चन्दले बताउनुभयो ।

उनीहरुको साथबाट एक गड्डी तास र नगद एक लाख चार हजार रुपैयाँ बरामद गरेर नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleकाेहलपुरले उचाल्याे १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे च्याम्पियनसिप
Next articleप्रमोद डिजीले पाए उत्कृष्ठ समाबेशी गायन अवार्ड-२०७९

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here