दुर्घटनामा मृत्यु भएका धितालका आफन्तद्धारा राजमार्गमा प्रदर्शन

नेपालगञ्ज । सडक दुर्घटना मृत्यु भएका बाँकेको कोहलपुर नगरपालिका वडा नं-१ कौशिलानगरका ३० वर्षीय मृतक केशव धितालका आफ्न्तले सोमबार पुर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् ।

आफन्तीहरुले न्यायको माग गर्दै राजमार्गमा प्रदर्शन गरिएको बताएका छन् । बर्दियाको बाँसगढी नगरपालिका वडा न-१ केदारेश्वेर धाम नजिकै आइतबार राती टिप्परले मोटरसाइकल ठक्कर दिँदा कोहलपुर–१ कौशिलानगरका धिताल घाइते हुनुभएको थियो ।

आइतबार राती ११ः५५ बजेको समयमा भे ६ प ९०१५ मोटरसाईकललाई टिप्परले ठक्कर दिँदा दुर्घटना भएको थियो । धिताललाई तत्कालै उद्दार गरेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याएको थियो ।

Previous articleसुविधा बढाउँदै कर्णाली प्रदेश अस्पताल
Next articleब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीको प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here