ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीको प्रदर्शन

काठमाडौं । बैंक व्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् ।

बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् ।

उनीहरुले ब्याज दरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । ब्याजदर महँगो भयो, प्रिमियम दर नियन्त्रण गर्नु पर्ने तथा बैंकहरुले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य बन्द गरिनु पर्ने जस्ता ब्यानर बोकेर उद्योगी व्यवसायीहरुले सडकमा धर्ना बसेका थिए ।

प्रर्दशनमा मोरङ व्यापार संघ र विभिन्न जिल्ला तथा नगरका व्यवसायी संघका प्रतिनिधिहरु सहभागी थिए ।

Previous articleदुर्घटनामा मृत्यु भएका धितालका आफन्तद्धारा राजमार्गमा प्रदर्शन
Next articleविपद्का बेला हुने विभेदका विषयमा नेपालगञ्जमा छलफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here