कांग्रेस लुम्बिनीको सचेतकमा निमा गिरी नियुक्त

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त हुनुभएको छ । प्रदेश सभा सांसद गिरीलाई सचेतकमा कांग्रेस संसदीय दलको कार्यालयले नियुक्त गरेको हो ।

गिरीलाई सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँ गत मंसिरमा भएको चुनावमा समानुपातिकतर्फबाट सांसद बन्नुभएको थियो ।

गिरी झिमरूक गाउँपालिका ७ प्यूठानकी हुनुहुन्छ । गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत हुनुहुन्छ ।

Previous articleहिरमिनिया चौकीको टोलीद्धारा तीन लाख बराबरको जुत्ता बरामद
Next articleसमिट र फेस्टिवलको मिति सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here