समिट र फेस्टिवलको मिति सार्वजनिक

नेपालगन्ज । नेपालमै पहिलो पटक गर्न लागिएको नेपाल फोटोग्राफी समिट आगामी चैत २२ र २३ गते नेपालगन्जमा आयोजना गरिने भएको छ । यसैगरी तेस्रो नेपालगन्ज फोटो फेस्टिवल चैत २१ र २२ गते गरिने भएको छ ।

अन्तरालको आयोजना र व्यवस्थापनमा हुने समिटमा देशभरबाट १ सय ११ फोटो पत्रकारहरु र फोटोग्राफीमा स्वतन्त्र ढंगले सक्रियहरु सहभागी हुनेछन् ।

‘फोटोग्राफीमा संलग्न अघिल्लो पुस्ता र नयाँ पुस्तालाई जोड्ने सेतु हो नेपालगन्ज फोटोग्राफी समिट’, समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भन्नुभयो, ‘रिलवाला क्यामेरा चलाएको पुस्तादेखि अहिलेको डिजिटल प्रविधि, गोप्रो हुँदैं ड्रोन चलाइरहेका पुस्ता एकै थलोमा भेला गदैछौं ।’

आयोजकका अनुसार नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गतको फोटो प्रतिस्पर्धामा देशभरबाट फोटो आव्हान गरिएको छ । सोमबार राती १२ बजे सम्म ९ वटा विधामा फोटोहरु आएका छन् ।

हरेक विधाका उत्कृष्टलाई पुरस्कृत गरिनेछ भने सवोत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधि सहित पुरस्कृत गरिनेछ । समाचार, दैनिक जीवन, पर्यटन, वाईल्डलाईफ, कृषि, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, नेपाल स्माइल गरी ९ विधा रहेका छन् । यी सबैं विधाबाट छानिएका १ सय ५१ फोटो प्रदर्शनीमा राखिनेछ ।

फोटोहरु छनोट गर्न वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा ३ सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । सदस्यहरुमा फोटो पत्रकार क्लब क्लब(पिजे क्लब) का अध्यक्ष श्रुति श्रेष्ठ र वरिष्ठ फोटोग्राफर रमेश मल्ल रहनुभएको छ । मण्डलले छनोट कार्य मंगलवारदेखि नै शुरु गरेको छ ।

यसैगरी नेपालगन्ज फोटो फेस्टिवलका दौरान बाँके जिल्लाको विशेष फोटो प्रदर्शनी हुने भएको छ । बाँकेको नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, ६ वटा गाउँपालिका (राप्तीसोनारी, नरैनापुर, डुडुवा, बैजनाथ, खजुरा, जानकी) का पर्यटकीय स्थल, कला संस्कृति, स्थानीय मौलिक परिकार, भेषभुषा र जीवनशैली झल्कने फोटोहरु उक्त प्रदर्शनीमा राखिनेछ ।

यस प्रदर्शनीका लागि नेपालगन्ज फोटो फेस्टिवलले नेपालगन्ज ग्यालेरीसँग सहकार्य गरेको छ । ‘आजैदेखि ग्यालेरीले फोटो आह्वान गर्नेछ, ‘ग्यालेरीका संस्थापक समिरमान श्रेष्ठले भन्नुभयो, ‘यस प्रदर्शनीले बाँके जिल्लाको सबै क्षेत्रको व्यापक प्रवद्र्धन गर्नेछ ।’

Previous articleकांग्रेस लुम्बिनीको सचेतकमा निमा गिरी नियुक्त
Next articleनरैनापुरका वडामार्फत राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here