अपराध नियन्त्रणका लागि समुदायको सहयोग हुनुपर्ने : वडा प्रहरी प्रमुख खड्का

बाँके । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख एव प्रहरी निरिक्षक डिल्ली बहादुर खडकाले अपराध नियन्त्रणमा समुदाय र प्रहरीको सहयोग हुनुपर्ने बताउनुभएको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट सरुवा भई वडा प्रहरी कार्यालय नेपालगञ्ज आउनुभएका प्रहरी निरिक्षक खड्काले शुक्रबार पत्रकारसंग भेटघाट गर्दै सर्वसाधारणको सहयोगबाटै अपराध नियन्त्रण गर्न सकिने बताउनुभएको हो ।

लागु औषध, चोरी, हिंसालाई नियन्त्रण गरी अमन चयन कायम गर्न प्रहरी हरदम तत्पर रहने प्रहरी निरिक्षक खड्काले बताउनुभयो । मेचीदेखि महाकालीसम्मको यात्राका क्रममा उहाँले पश्चिम नेपालगञ्ज लागु औषधको हब पाएको बतउनुभयो ।

छुट्टै आफ्नो केही योजना नभएर जिल्ला प्रहरी कार्यालयको योजना नै आफुहरुको भएको हुँदा नेपालगञ्ज र समग्रमा जिल्लाको शान्ति सुरक्षाका लागि प्रहरी २४ सै घण्टा खटिने प्रहरी निरिक्षक खड्काले दावी गर्नुभयो ।

उहाँले रिक्सा चालकदेखि लिएर अन्य व्यक्तिहरुलाई समस्या परेको खण्डमा आफुलाई फोन गर्नुस, प्रहरी निरिक्षक खड्काले भन्नुभयो, सम्पर्क नम्बर ९८५८०९०३९९ मा हर समय सम्पर्क हुन्छ, समस्या परे तुरुन्त फोन गर्नुस ।

Previous articleबाँकेमा कोरोना कहर, साताभित्र ७५ बेडसहितको आइशोलेशन सञ्चालन गर्ने तयारी
Next articleबाँकेमा २० औं व्यक्तिको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here