महिला साफ च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित

काठमाण्डौ । १७ वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।

बङ्गलादेशको ढाकामा आज सोमवार भएको खेलमा नेपाल भारतसँग ४-१ गोलले पराजित भएको हो । नेपाल पहिलो हाफमै ३ गोलले पछि परेको थियो ।

५४ औँ मिनेटमा नेपालकी वर्षा ओलीले गोल गरेर पुनरागमनको सङ्केत गरे पनि थप एक गोल खाँदै पराजित भयो । भारतका लागि शिल्जी शाजीले ह्याट्रिक र पूजाले १ गोल गरिन् ।

नेपालले दोस्रो खेलमा पर्सि बुधवार भुटानसँग, आउँदो आइतवार रुससँग र मङ्गलवार आयोजक बङ्गलादेशसँग खेल्नेछ ।

प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भुटान रुसको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

Previous articleराप्रपा नेपालको माग: बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउ
Next articleवैदेशिक रोजगारीमा जान एक महिनामै ६२ हजारले लिए श्रम स्वीकृति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here