ट्याक्टर दुर्घटना हुँदा २ जनाका मृत्यु, २८ जना घाइते

धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

जोशीपुर गाउँपालिका ७ को हजारीबारामा सोमबार राति से १ त ८८७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले ट्याक्टरमा सवार भजनी नगरपालिका ९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँहरु दुवै जनाको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको छ ।

दुर्घटनामा परेर घाइते भएका भजनी नगरपालिकाकै १६ जनाको घोडाघोडी अस्पताल र १२ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको डीएसपी चन्दले बताउनुभयो । उहाँका अनुसार घाइतेहरु खतरामुक्त छन् ।

जोशीपुरमा आफन्तकोमा पास्नीको भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किंदै गर्दा उनीहरु ट्याक्टर दुर्घटनामा परेका हुन् । ट्याक्टर चालक भजनी नगरपालिका ९ कै सुरज चौधरी भने फरार छन् । उनको खोजी भइरहेको छ ।

दुर्घटनाको कारण भने खुुलेको छैन तर ओभरलोड र तीव्र गतिका कारण ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Previous articleवैदेशिक रोजगारीमा जान एक महिनामै ६२ हजारले लिए श्रम स्वीकृति
Next articleनेपालगन्ज आउँदै गरेकाे टिप्पर डुडुवामा दुर्घटना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here