नेपालगन्ज आउँदै गरेकाे टिप्पर डुडुवामा दुर्घटना

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा न-४ मा मंगलबार टिप्पर दुर्घटना भएको छ ।

राप्ती नदिदेखि नेपालगन्जतर्फ आउँदै गरेकाे रा १ ख १५३८ नम्बरको टिप्पर डुडुवा वडा न-४ काे लालापुर्वा नजिक दुर्घटना भएकाे हाे ।

ईलाका प्रहरी कार्यालय कम्दी मिलनचाेकका प्रमुख बिष्णु शाहीका अनुसार मंगलबार दिउँसो करिव साढे १२ बजेको समयमा दुर्घटनामा परेको हो ।

बाटो निर्माण कार्य भइरहेकोले निर्माण सामाग्रीहरु जथाभावि राखेको र साँघुरो बाटोमा तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

टिप्परलाई ठाकुरबाबा नगरपालिका वडा नम्बर २ बस्ने ४१ वर्षीय गगनसिंह सुनुवारले चलाउनुभएकाे थियाे ।

दुर्घटनामा मानवीय क्षति भने नभएकाे प्रहरीकाे भनाई छ ।

Previous articleट्याक्टर दुर्घटना हुँदा २ जनाका मृत्यु, २८ जना घाइते
Next articleजङ्गली जनावरको २० किलो सुकुटीसहित १ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here