
दाङ । दाङको देउखुरीबाट जङ्गली जनावरको २० किलो सुकुटीसहित मङ्गलवार एक जना पक्राउ परेका छन् ।
राजपुर गाउँपालिका वडा नं-७ का ४९ वर्षीय कमानसिंह विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ परेका विकलाई जङ्गली जनावरको २० किलो सुकुटीसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।





