बाघ आक्रमणबाट ज्यान गुमाएकालाई राहत दिन सरकारसँग माग

दाङ । बर्दियामा बाघको आक्रमणबाट ज्यान गुमाएका दुई जनाको परिवारलाई क्षतिपूर्ति दिन नेपाली कांग्रेसले लुम्बिनी सरकारसँग माग गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले लुम्बिनीका मुख्यमन्त्री लिला गरीसँग मृतक परिवारलाई क्षतिपूर्ति दिलाउन मागसहित ज्ञापन पत्र बुझाउनुभएको हो ।

सोमबार मधुवन नगरपालिका ५ स्थित चिरौटे सामुदायिक वनमा घाँस काट्न गएका ५५ वर्षीय समुन्द्री बुढाक्षेत्री र ५० वर्षीय धनसरी गुरूङको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

यसरी बाघको आक्रमणबाट ज्यान गुमाएका उनीहरूको परिवारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट राहत स्वरूप रकम उपलब्ध गराउन माग गरेको हो ।

‘मान्छे मार्ने बाघलाई तत्काल नियन्त्रणमा लिन र बाघ आक्रमणको घटनालाई रोक्न विशेष अभियान चलाउन समेत आग्रह गर्दछु,’ ज्ञापन पत्रमा भनिएको छ, ‘बाघको आक्रमणमा परी ज्यान गुमाउनु हुने मृतकका परिवारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट राहत स्वरूप सहयोग रकम उपलब्ध गराउन अनुरोध गर्दछु।’

Previous articleजङ्गली जनावरको २० किलो सुकुटीसहित १ जना पक्राउ
Next articleनेपालगञ्जका किशोर-किशोरीलाई उघु उद्यम बिकास तालिम प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here