
बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेमा मिटर ब्याजीविरूद्ध २२ वटा उजुरी परेका छन् ।
उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई वटा मुद्दा प्रहरीमा पठाएको, एक जना व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको उल्लेख गर्दै नियमित रुपमा कारबाही प्रक्रियालाई अघि बढाइएको बताउनुभयो । ‘पूर्वतिर जस्तो समस्या देखिएको छैन,’ उहाँले भन्नुभयो ।
प्रजिअ आर्चायले अदालतमा पुगेका मुद्दा अदालतबाट टुङ्गो लाग्ने जानकारी दिँदै केही मिलापत्र भएको र एउटा व्यक्ति सम्पर्कमा नआएकाले खोजी भइरहेको बताउनुभयो ।
मिटरब्याजी पीडितलाई सरकारले उजूरी गर्न आग्रह गरेपछि यस विषयमा छानविन शुरु गरिएको हो । रासस





