खुकुरी देखाई चोरी गर्ने काेहलपुरमा दुई जना पक्राउ

नेपालगन्ज । बाँकेकाे काेहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा खुकुरी देखाई चाेरी गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेकाे छ । साँझकाे समयमा सडकमा हिड्ने व्यक्तिलाई खुकुरी देखाई चाेरी लुटपाट गर्ने दुई जनालाई ईलाका प्रहरी कार्यालय काेहलपुरले पक्राउ गरेकाे जनाएकाे हाे ।

यस्ताे छ घट्ना विवरण
घटना नं.१:- मिति २०७९।१२।०९ गते बेलुका ०७;०० बजेको समयमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.१० गोल्छा स्थित ऐ.बस्ने बर्ष २६ को यम बहादुर बिश्वकर्मालाई जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं.१३ बस्ने बर्ष १९ को नेत्रराज गिरी र जिल्ला रुकुम सानोभेरी नगरपालिका वडा नं.७ बस्ने बर्ष २०को नबिन भण्डारी समेतका ३ जना व्यक्तिहरुले डर त्रास तथा धारिलो हतियार खुकुरी देखाई निज यम बहादुर बिश्वकर्माको साथमा रहेको नगद रु.५,०००।–(पाँच हजार) र उक्त मोबाईलमा रेकडिङ गरेर राखेको रु. ३,०००००।–(तिन लाख) लगानी गरेका ६ वटा गितहरु सहितको रेडमी कम्पनीको टच मोबाईल थान-१ (एक) समेतडाँका चोरी गरी भागी फरार भएकोमा निजहरुलाई खोजतलास गर्दै जाँदा सोही राती अ.१०;०० बजेको समयमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ कोहलपुर बसपार्क स्थित निजहरु दुबै जनालाई फेला पारी नियन्त्रणमा लिई निजहरुको शरीर खानतलासी गर्दा नेत्रराज गिरीको साथबाट काठको बिड भएको सानो धारिलो खुकुरी थान-१(एक) र लाभा कम्पनीको किप्याड मोबाईल थान-१(एक) र नविन भण्डारीको साथबाट लाभा कम्पनीको कालो रङको किप्याड मोबाईल थान-१ र डाँका चोरी गरी लिएको रेडमी कम्पनीको टच मोबाईल थान-(एक) सहित निजहरु दुबै जनालाई पक्राउ गरीडाँका चोरी सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको ।

घटना नं.२:- मिति २०७९।१२।०८ गते राती अ.२१;०० बजेको समयमा जिल्ला बाँके कोहलपुर नगरपालिका बडा नं.११ स्थित ईलाका प्रहरी कार्यालय अगाडी सडक बाटोमा जिल्ला बर्दिया बारबर्दिया न.पा.वडा नं.४ बस्ने बर्ष ९ को बिश्व प्रकाश थारु र ऐ.बढैयाताल गा.पा.वडा नं.५ बस्ने बर्ष ३२ को सुर्यनारायण चौधरीलाई जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं.१३ बस्ने बर्ष १९ को नेत्रराज गिरी र जिल्ला रुकुम सानोभेरी नगरपालिका वडा नं.७ बस्ने बर्ष २० को नबिन भण्डारी समेत ३ जना व्यक्तिहरुले खुकुरी देखाई डर त्रास धाकधम्की समेत दिई साथमा रहेको मोबाईल थान-२ (दुई) डाँका चोरी गरी लिएकोले कानून बमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको किटानी जाहेरी दरखास्त ।

Previous articleबाँकेमा मिटर ब्याजीविरूद्ध २२ वटा उजुरी
Next articleभारतीय क्वारेन्टिनको अवरोधका कारण आठ सय टन जडिबुटी कुहिने अवस्थामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here