नेपालमा बसेको आशंका गरिका सिंहको आत्मसमर्पणका ३ सर्त

एजेन्सी । भारतका पृथकतावादी नेता अमृतपाल सिंहले आत्मसमर्पणका लागि ३ वटा सर्त अघि सार्नुभएको छ ।

भारतको पञ्जाव प्रान्तलाई छुट्टै स्वतन्त्र खालीस्तान राज्य बनाउनुपर्ने मुद्दालाई पुनः उठाएर चर्चामा आएका नेता सिंहले आत्मसमर्पणका लागि ३ वटा सर्त अघि सार्नुभएको हो ।

भारतमा दुई हप्तादेखि सर्वाधिक खोजी गरिएका सिंहले भिडियो सन्देश जारी गर्दै सरकार समक्ष ३ वटा सर्त राख्नुभएको छ ।

उहाँले राखेका शर्तमा प्रहरी हिरासतमा कुटपिट गर्न नपाइने, आफूलाई पञ्जावकै जेलमा राखिनुपर्ने र आत्मसमर्पणलाई पक्राउ भन्न नपाइने सर्त राख्नुभएको हो ।

‘वारिस पञ्जाव दे’ नाम संगठनका प्रमुख रहनुभएका ३० वर्षीय सिंह यहि मार्च १८ देखि फरार हुनुहुन्छ । सिंह भारतको उत्तराखण्ड हुँदै नेपाल प्रवेश गरेको र अहिले नेपालमै लुकेर बसेको आशंका भारतीय सुरक्षाकर्मीले गरेको छ ।

यता काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकार र नेपाल प्रहरीलाई सिंह नेपालमै लुकेको भन्दै खोजीका लागि सहयोग गर्न भनिसकेको छ ।

सिंहले पञ्जावको चण्डीगढस्थित स्वर्ण मन्दिरबाट आत्मसमर्पण गर्ने योजना बनाएको भन्दै पञ्जावमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।

Previous articleसलमानलाई ज्यान मार्ने धम्की, अपराधी पक्राउ गर्न बेलायत सरकारसँग अनुरोध
Next articleचैत्र १८ गते कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलन तय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here