युवा संघको महाधिवेशन ऐतिहासिक हुनेछ : इन्चार्ज पुरी

नेपालगन्ज । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज पुरीले नेपालगन्जमा हुन गईरहेको राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक रुपमा भव्य बनाईने बताउनु भएको छ ।

लुम्बिनी प्रदेशमा भईरहेको राष्ट्रिय महाधिवेशनलाई भव्य रुपमा सफल पार्न प्रदेशबाट प्रतिनिधित्व गर्ने युवा संघका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरु अहोरात्र खटिनु भएको उहाँले जानकारी दिनुभयो ।

यहि चैत २७ देखि २९ गतेसम्म नेपालगन्जमा हुने राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने दुईहजार बढि प्रतिनिधिलाई खाने बस्ने र कार्यक्रमलाई भव्य बनाउन मञ्च व्यवस्थापन, प्रचार प्रसार लगायतको काम भईरहेको पुरीले बताउनुभयो ।

महाधिवेशनलाई भव्यता पूर्वक सफल बनाउन नेकपा (एमाले) पार्टीसँग समन्वय गरेर तयारीका काम भईरहेको जानकारी दिदै ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ सह संयोजक पुरीले भन्नुभयो,‘ लुम्बिनी प्रदेशको नेपालगन्जमा हुन लागेको युवा संघको महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने हाम्रो तयारी रहेको छ ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहमा दशौं हजार जनता सहभागि हुने गरी कार्यक्रम तय भएको उहाँको भनाई छ । उहाँले प्रतिनिधि व्यवस्थापन, आवास तथा खाद्यान्न, यातायात जनपरिचालन समितिमार्फत महाधिवेशनको काम भईरहेको समेत जानकारी दिनुभयो ।

Previous articleन्युनतम सेवा मापदण्डमा कम्दी स्वास्थ्य चौकी पहिलो स्थानमा
Next articleहनुमान जन्मोत्सवको अवसरमा नेपालगञ्जमा शोभा यात्रा (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here