हनुमान जन्मोत्सवको अवसरमा नेपालगञ्जमा शोभा यात्रा (फोटो फिचर)

नेपालगञ्ज । श्री हनुमान जन्मोत्सवको अवसरमा बिहीबार नेपालगञ्जमा बिशाल शोभा यात्रा निकालिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२ स्थित हनुमानगढीबाट शुरु भएको बिशाल शोभा यात्रा नेपालगञ्जको बिभिन्न भागको परिक्रमा गरेको थियो ।

शोभा यात्रा धम्बोझी चोक, पुष्पलाल चोक, न्यूरोड, त्रिवेणीमोड, त्रिभुवन चोक र बीपी चोक हुँदै पुनः हुनमानगढी मन्दिरमा पुगेर समापन गरिएको थियो । मंगलबारदेखि शुरु भएको जन्मोत्सव कार्यक्रमको आज अन्तिम दिन हो ।

जन्मोत्सवको कार्यक्रम अन्तर्गत अखण्ड रामायण पाठ अष्टयाम सङ्कीर्तन एवं निशान पूजन, बुधवार साँझ भारतको अयोध्याबाट आएका १२ जनाको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्य लगायत कथा प्रवचन भएको थियो ।

आज बिहानको शोभा यात्राका साथै आज शुन्दरकाण्ड पाठ एवं भजन किर्तन, विशाल भण्डारा हुनेछ । भण्डारा (महाप्रसाद) र महाआरतीसंगै हुनमान जन्मोत्सवको कार्यक्रम पनि सकिने जनाइएको छ ।

Previous articleयुवा संघको महाधिवेशन ऐतिहासिक हुनेछ : इन्चार्ज पुरी
Next articleसनराइज बैंकका ग्राहकले थोपा प्रयोगशालामा विशेष छुट पाउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here