
नेपालगञ्ज । नेपालगञ्जस्थित सनराइज बैंक लिमिटेडका ग्राहकले थोपा प्रयोगशालामा सेवा लिएबापत तिर्नुपर्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने विषयमा बैंक र थोपा प्रयोगशालाबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार सनराइज बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले थोपा प्रयोगशाला नेपालगञ्जमा सम्पूर्ण प्रयोगशाला जाँचमा २० प्रतिशत छुट पाउने छन् ।
व्यक्तिगत र चिकित्सकको सुझाव अनुसार गरिने प्रयोशाला परीक्षण सेवामा बैंकका ग्राहकलाई थोपा प्रयोगशालाले २० प्रतिशत छुट दिने यसका सञ्चालक सुलभ आचार्यले जानकारी दिनुभयो ।
सम्झौतामा बैंकका शाखा प्रबन्धक हरिहर सुवेदी र थोपा प्रयोगशालाका सञ्चालक सुलभ आचार्यले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अन्तर्गत सनराइज बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर लगायत प्रयोग गर्ने ग्राहकहरुले छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।





