
बाँके । प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्रुयाईएको प्याज बरामद गरेको छ । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार राती करिब ६ लाख ७२ हजार ५ सय बराबर मुल्यको अवैध प्याज बरामद गरेको हो ।
प्रहरीले भारतको उत्तर प्रदेश फरुखाबादका बस्ने २७ बर्षिय ईन्द्रजित सिंहले चलाएको युपि–७६ के ८६७० नंम्बर प्लेटको ट्रकबाट सामान अनलोड गर्ने बेलामा नेपालगञ्जको रानी तलाउ नजिकैबाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिनुभयो ।
भारबाट ५ सय ६ बोरा आलुको भन्सार गराईएकोमा प्रहरीले शंका लागेर चेकजाँच गर्दा सोही आलुको बोरामध्ये २ सय १३ बोरा प्याज आलुको बोरा पछाडी लुकाई छिपाई ल्याईएको भेटिएएको हो ।





