युवा संघको महाधिवेशनले नेपालगन्जलाई चिनाउने छ : संयोजक शर्मा

नेपालगन्ज । राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश संयोजक खेमराज शर्माले नेपालगन्जमा हुन गईरहेको राष्ट्रिय महाधिवेशने नेपालगन्जलाई चिनाउने बताउनु भएको छ ।

लुम्बिनी प्रदेशको बाँकेमा पहिलो पटक भईरहेको राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिले नेपालगन्जलाई प्रत्यक्ष अनुभूति गर्नुका साथै सामाजिक सञ्जालबाट गरेको प्रचार प्रसारले नेपालगन्ज यतिबेला देशभर चिनिएको उहाँको भनाई छ ।

भोली चैत २७ देखि २९ गतेसम्म नेपालगन्जमा हुने राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने दुईहजार बढि प्रतिनिधिलाई खाने बस्ने र कार्यक्रमलाई भव्य बनाउन आफुहरु दिनरात खटिएको शर्माले बताउनुभयो ।

युवा संघ बाँकेको नेतृत्व र प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य सम्म पुग्नुभएका प्रदेश संयोजक शर्माले नेपालगन्जमा संघको केन्द्रीय महाधिवेशन गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको उल्लेख गर्नुभयो ।

महाधिवेशनलाई भव्यता पूर्वक सफल बनाउन नेकपा (एमाले) पार्टीसँग समन्वय गरेर तयारीका काम भईरहेको जानकारी दिदै संयोजक शर्माले भन्नुभयो,‘लुम्बिनी प्रदेशको नेपालगन्जमा हुन लागेको युवा संघको महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने कुरामा कुनै कमी हुन दिईने छैन ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहमा दशौं हजार जनता सहभागि हुने गरी कार्यक्रम तय भएको उहाँको भनाई छ ।

महाधिवेशनले पार्टीको नीति, निर्णय र नेतृत्वलाई आत्मसाथ गर्दै अहिले युवाको मुद्दामा छलफल गर्नुका साथै राजनीतिप्रति युवा पुस्ताको निराशा अन्त्य गर्ने उहाँको विश्वास छ ।

Previous articleबोन टिबीपीडित थारुलाई कांग्रेस क्षेत्र नम्बर १ बाँकेद्धारा सहयोग
Next articleए डिभिजन लिगमा सङ्कटा पराजित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here