बोन टिबीपीडित थारुलाई कांग्रेस क्षेत्र नम्बर १ बाँकेद्धारा सहयोग

नेपालगञ्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले विरामीलाई सहयोग गरेको छ ।

जनआन्दोलन दिवस २०७९ का अवसरमा क्षेत्र नम्बर १ ले बोन टिबी रोगपीडित राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का निर्वतमान वडा अध्यक्ष एवम् नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नम्बर १ (१) का सचिव गंगाराम थारुलाई सहयोग हस्तान्तरण गरेको क्षेत्रीय प्रबक्ता तुलाराम खत्रीले जानकारी दिनुभयो ।

थारुको राप्तीसोनारी ३ बैजापुरस्थित निवासमै पुगेर नगद ६० हजार २ सय १० रुपैयाँ र फलफूल वितरण गरिएको हो ।

वडा नम्बर ३ का वडा सभापति शंकर महतराको सभापतित्व एवम् क्षेत्रीय सभापति पोषण केसीको प्रमुख आतिथ्यतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका पूर्व अध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि लाहुराम थारु, जिल्ला सदस्य बुद्धिराम थारु, गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, पालिका सभापति भिमबहादुर राना क्षेत्री लगायत उपस्थिति रहेको थियो ।

त्यसक्रममा बोल्दै क्षेत्रीय सभापति केसीले बोन टिबी रोगसंग जुधिरहेका चौधरीलाई उपचारमा सहजताका लागि सकेजति सहयोग रकम प्रदान गरेको बताउनुभयो ।

उहाँले पार्टीका नेता कार्यकर्ताहरुको सुखदुःखमा क्षेत्रीय कार्यसमिति सधैं संगसंगै रहने बताउँदै चौधरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले गर्नुभएको थियो । क्षेत्रीय कार्यसमिति, पार्टी पंक्ति र विभिन्न व्यक्तिहरुको सहयोगमा रकम संकलन गरिएको प्रवक्ता खत्रीले बताउनुभयो ।

Previous articleकांग्रेस बाँकेद्धारा सुशिल कोइराला क्यान्सर अस्पतालका विरामीलाई फलफूल वितरण
Next articleयुवा संघको महाधिवेशनले नेपालगन्जलाई चिनाउने छ : संयोजक शर्मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here