जानकी-३ मा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन

नेपालगञ्ज । जानकी गाउँपालिका वडा नं-३ मा नवनिर्मित स्वास्थ्य चौकी भवनको आइतबार उद्घाटन गरिएको छ । अपांगतामैत्री सो भवनको नेपाली कांग्रेसका सह महामन्त्री एवं संघीय सांसद किशोर सिंह राठोरले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै आफुले सक्ने कुरा मात्र गर्ने र जनतालाई अरु नेताले जस्तो झुठा आश्वासन नदिने सांसद राठोरले बताउनुभयो । उहाँले झुठा कुरा बोली जनतालाई चोट नपुर्याउने पनि बताउनुभयो ।

स्वास्थ्य चौकी भनेको जनतासँग प्रत्यक्ष सरोकारको विषय भएकोले कर्मचारीहरु समयमा आउने नआउने, राम्रो सेवा दिएको नदिएको जस्ता कुरा वडाअध्यक्ष, पालिका प्रमुख लगायत जनप्रतिनिधीहरुको जिम्मेवारी हुने धारणा समेत सांसद राठोरले राख्नुभयो ।

स्वास्थ्य क्षेत्रमा जानकी गाँउपालिका पहिलो नम्बरमा परेको र पहिलाको दिनमा भन्दा आफु निर्वाचित भएर आईसकेपछि स्वास्थमा बजेट बढि छुट्टाइाएको गाँउपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो ।

यसपटक केन्द्रले २० देखि २५ प्रतिशत बजेट कटौती गरेकाले केही समस्या भने हुने गाउँपालिका अध्यक्ष खाँको भनाई थियो । सम्पुर्ण कर्मचारी एवं आम नागरिकहरुले साथ र सहयोग दिएमा आफुले जानकीको मुहार नै फेर्ने गाँउपालिका अध्यक्ष खाँले धारणा राख्नुभयो ।

६० लाख लागतमा नवनिर्मित स्वास्थ्य चौकी भवनको लागि चार कठ्ठा जग्गादाता निवर्तमान वडा अध्यक्ष विन्देश्वरी कुर्मीले आफनो पालामा शुरु गरेको भएपनि अब भने स्थानीयबासीहरुले सेवा पाउनेमा खुशी व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रमामा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, वडा नम्वर ३ का वडाअध्यक्ष राजकुमार कुर्मी, सामाजिक विकास समिति संयोजक राम आचल धोवी, वडा सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख दल वहादुर राना, स्वास्थ्यका कर्मचारीहरु लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

Previous articleनेपालगन्जमा इ-रिक्सा दर्ताका लागि १५ दिनको समय
Next articleनेपालगञ्जका एक वडाध्यक्षद्वारा स्थानीयमाथि कुटपिट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here