३५ जनाद्धारा रक्तदान

नेपालगन्ज । “रक्तदान जीवनदान, दान मध्येको महादान” भन्ने मुख्य उद्देश्यका साथ लोेकप्रिय सन्देश राष्ट्रिय दैनिक पत्रिकाद्वारा आयोजित त्रैमासिक कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।

प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथि, लुम्बिनी प्रदेशका पूर्व मन्त्री भण्डारीलाल यादव, बिशिष्ट अतिथि, नेपालगन्ज उप-महानगरपालिकाका उपमेयर कमरुद्दीन राईले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटा, होमराज गिरीलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

सो रक्तदान कार्यक्रममा जानकी गाउँपालिका वार्ड नं-१ वडा कार्यालय साईगाउँ बाँके, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज, मधेश मानव अधिकार गृह (माहुरी) बाँके, कसौंधन बैश्य समाज नेपालगन्ज, समाजसेवी समशुल हक राई, समाजसेवी अव्दुल करीम खान, उज्वल बचत तथा ऋण सहकारी संस्था लि., नेपालगन्ज टेक्निकल कलेज, एक्सपर्ट एजुकेशन नेपालगन्ज, नेपालगन्ज ग्रीन सिटी लगायत संघ संस्थाहरुको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेश सांसद भण्डारीलाल यादव, उपप्रमुख कमरुद्दीन राई, जानकी गाउँपालिका वार्ड नं-१ का वडाध्यक्ष मोहम्मद रजा राई, बसन्त लामिछाने, समाजसेवी तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा, पवन जायसवाल लगायत लगायतको सहभागिता रहेको थियो भने रक्तदाताहरुलाई टिसर्ट र प्रमाण-पत्र प्रदान गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका सोम प्रकास सापकोटा, होमराज गिरी, सुनिता कुमाई, सञ्जय बढही लगायतले प्राविधिकमा गर्नुभएको थियो ।

Previous articleनेपालका सन्त ‘दीन दयालजी महाराज’ लाई भारतमा सम्मान
Next articleनेपालगञ्जमा पहिलोपटक सडक व्यवसायीलाई सचेतना तालिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here