मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

दाङ । तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

तुलसीपुर–८ अश्वाराबाट तुलसीपुरतर्फ आउदै गरेको रा ५ प ४७५९ नम्बरको मोटरसाइकल सोमबार राति १२ बजे गहतेखोलामा दुर्घटना हुँदा तुलसीपुर–६ गुम्राहचोक निवासी २९ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार दंगीशरण गाउँपालिका–६ श्रीगाउँका २६ वर्षीय गोविन्द केसी घाइते भएका छन् । मोटरसाइकल गहतेखोला पुलबाट तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।

Previous articleतीन महिनामा बाँकेमा ३ सय ६१ फरार प्रतिबादी पक्राउ
Next articleबिल नम्बर उल्लेख नगर्ने औषधी पसललाई कारवाहीका लागि सिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here