प्रबिधिमैत्री शिक्षणबिधी र प्रयोग सम्बन्धि दुई दिने तालिम शुरु

नेपालगञ्ज । प्रबिधिमैत्री शिक्षणबिधी र यसको प्रयोग सम्बन्धि शिक्षकहरुका लागि दुई दिने तालिम नेपालञ्जमा शुरु भएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सराकोर मंच (स्याक) नेपाल बाँकेले प्रबिधिमैत्री शिक्षणबिधी र यसको प्रयोग सम्बन्धि शिक्षकहरुका लागि शनिबारदेखि दुई दिने तालिम संचालन गरेको छ ।

मंचका अध्यक्ष शिवलाल पाण्डेको अध्यक्षतामा भएको उद्घाटनमा खजुरा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र बहादुर मल्लको उपस्थिति रहेको थियो ।

सो क्रममा बोल्दै शाखा प्रमुख मल्लले प्रबिधिको समयमा शिक्षकहरुलाई प्रबिधिका बारेमा ज्ञानको अभावमा शिक्षण कार्यलाई प्रभावकारी नुहुने धारणा राख्नुभयो । उहाँले पछिल्लो समय प्रबिधिको प्रयोगमार्फत भइरहेको शिक्षण कार्य प्रभावकारी र सहज रहेको बताउनुभयो ।तालिमलाई काठमाण्डौ बिश्वबिद्यालयका सहप्रध्यापक नेत्र कुमार मानन्धर र आइटी प्रमुख विवेक भण्डारीले सहजीकरण गर्नुहुने मंचका सिकाई परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

तालिम परियोजना संचालित बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको मंचका सुपरभाईजर रज्जब अलि बागवानले बताउनुभयो ।

Previous articleनेपालगञ्जका किशोरकिशोरीलाई उघु उद्यम बिकासतर्फ प्रेरित गरिँदै
Next articleविद्यार्थी भर्ना अभियान शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here