नेपालगञ्जका किशोरकिशोरीलाई उघु उद्यम बिकासतर्फ प्रेरित गरिँदै

नेपालगञ्ज । नेपालगञ्जमा संचालित लघु उद्यम बिकास सम्बन्धि पाँच दिने तालिम बिहीबार नेपालगञ्जमा सकिएको छ ।

उद्यम बिकासतर्फ प्रेरित गरि आर्थिक आर्जनका लागि सक्रिय बनाउन किशोर किशोरीहरुका लागि चैत्र २६ गतेदेखि संचालन भएको पाँच दिने तालिम बिहीबार एक समारोहकाबीच समापन भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्यमा सामाजिक बिकास मंच (एस डि एफ) बाँकेले संचालन गरेको तालिममा नेपालगञ्ज वडा नं-२, ८, १२, २१ र २२ का किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।तालिम संचालनका क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२ का वडा अध्यक्ष मनोज श्रेष्ठ, वडा नं-८ का वडा अध्यक्ष रजनीश बाजपेई र वडा नं-१२ का तरुण बज्राचार्यले उपस्थिति जनाउनुभएको थियो । वडा अध्यक्षहरुले आफ्नो प्रेरक भनाई तथा समसामायीक बिषयबस्तुमार्फत सहभागिहरुलाई सही दिशातर्फ प्रेरित गर्ने भूमिका निर्वाह गर्नुभएको थियो ।

एस डि एफ बाँके) ले नेपालगञ्जमा संचालन गरेको पावर फोर एवाई परियोजनाले सो तालिमको समापनमा मंचका अध्यक्ष चम्प सिंह थापामगर, कार्यक्रम अनुगमन तथा मुल्याँकन अधिकृत सान्त चौधरीको समेत उपस्थिति रहेको थियो ।

जीवन उपयोगी सीप लिएका १८ जना किशोर किशोरी सहभागि तालिमलाई मंचका कार्यक्रम अधिकृत बृजेश ठाकुर र फिल्ड सुपरभाईजर पुजा बर्माले सहजीकरण गर्नुभएको थियो ।

यसपछि तालिममा सहभागि भएका युवाहरुको योजना अनुसारको उद्यम संचालनका लागि मंचले २८ हजारका दरले सहयोग प्रदान गर्ने जनाएको छ ।

Previous articleब्राउन सुगरसहित नेपालगन्ज बिमास्थलबाट एक जना पक्राउ
Next articleप्रबिधिमैत्री शिक्षणबिधी र प्रयोग सम्बन्धि दुई दिने तालिम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here