प्रबिधिमैत्री शिक्षणबिधी र प्रयोग सम्बन्धि तालिम सम्पन्न

नेपालगञ्ज । नेपालगञ्जमा संचालित प्रबिधिमैत्री शिक्षणबिधी र यसको प्रयोग सम्बन्धि शिक्षकहरुका लागि दुई दिने तालिम सकिएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सराकोर मंच (स्याक) नेपाल बाँकेले प्रबिधिमैत्री शिक्षणबिधी र यसको प्रयोग सम्बन्धि शिक्षकहरुका लागि शनिबारदेखि दुई दिने तालिम संचालन गरेको थियो ।

तालिमलाई आइतबार एक समारोहकाबीच सम्पन्न गरिएको हो । समापन समारोहमा स्याक नेपालका कृष्ण गिरी, सिकाई परियोजनाका सुपरभाईजर रज्जब अलि वागवानसहित प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।

तालिमलाई काठमाण्डौ बिश्वबिद्यालयका सहप्रध्यापक नेत्र कुमार मानन्धर र आइटी प्रमुख विवेक भण्डारीले सहजीकरण गर्नुभएको थियो । प्रबिधिको प्रयोगमार्फत कक्षाकोठामा अपनाउन सकिने शिक्षण कार्य, प्रभावकारी सिकाई सीप तथा प्रबिधिको आवश्यकताका बिषयमा शिक्षकहरुलाई जानकारी प्रदान गरिएको छ ।

तालिममा परियोजना भएका बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

Previous articleसुरक्षित बैदेशिक रोजगारका बिषयमा खजुरामा सुनुवाई
Next articleपेस्तोलसहित वडाअध्यक्ष पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here