मठ, मन्दिर र मस्जिद खोल्न जनता समाजवादी पार्टी बाँकेको माग

बाँके । कोभिड–१९ को महामारी कालमा बन्द गरिएको सम्पूर्ण आर्थिक, शैक्षिक, व्यवसायिक लगायत संघ संस्थाहरुलाई पुनः सम्पूर्ण रुपमा सुचारु गरिएको प्रति जनता समाजवादी पार्टी बाँकेले सरकारप्रति हार्दिक अभार प्रकट गरेको छ ।

जसपा बाँकेद्वारा मंगलबार जारी विज्ञप्तीमा ‘विश्व ब्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोनाबाट देशका जनताको स्वास्थ्यलाई मध्य नजर गर्दै नेपाल सरकारले २०७६ चैत्र ११ गतेबाट विभिन्न स्वरुपमा बन्दाबन्दी गरेको अवस्थापछि अहिले वर्तमान समयमा नेपाल सरकारले बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड अनुसार सम्पुर्ण सरकारी कार्यालय, औद्योगिक ब्यवसायीक प्रतिष्ठान लगायत सार्वजनिक स्थल तथा हवाई यातायातसम्म सुचारु गरी सकेकोले हाम्रो जनता समाजवादी पार्टी नेपाल सरकार प्रति हार्दिक आभार प्रकट गर्दछु’ भनी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै २०७७ कार्तिक १ गतेबाट सुरु हुने हिन्दुहरुको महान पर्व बिजयादश्मी, दिपावली तथा छर्ठ पर्वको सु–अवसरमा पश्चिम नेपाल लगायत छिमेकी राष्ट्र भारत सम्मको हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर शक्ति पिठ बागेश्वरी मन्दिर लगायत अन्य अध्यात्म र धर्मसँग आस्था रहेका सम्पुर्ण मठ मन्दिर, मस्जिद, गुरुद्वारा, गुम्बा र चर्च बिश्व स्वास्थय संगठन (डब्लुएचओ)को मापदण्ड अनुसार यथासिघ्र खोल्न जसपा बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेसँग माग गरेको जसपा नेता तथा तत्कालिन समाजवादी पार्टी बाँके अध्यक्ष कमरुद्दीन राईद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Previous articleबिल नम्बर उल्लेख नगर्ने औषधी पसललाई कारवाहीका लागि सिफारिस
Next articleप्रदेश ५ को नाम लुम्बिनी, राजधानी दांङको देउखुरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here