प्रदेश ५ को नाम लुम्बिनी, राजधानी दांङको देउखुरी

बुटवल । प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विवाद सांसदको मतका आधारमा टुङयाइएको छ । बढि मतका आधारमा प्रदेशको राजधानी दांङको देउखुरीमा राख्ने तय भएको छ । त्यस्तै प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने निर्णय गरिएकोे छ ।

प्रदेशसभाको मंगलबार बसेको बैठकले दुई तिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो । ८३ जनाले भोट हालेका थिए ।

लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिनुभयो ।

मंगलबारै प्रदेशसभाले स्थायी राजधानी दाङको देउखुरी राख्ने निर्णय गरेको छ । दाङ राजधानी राख्ने विपक्षमा कांग्रेसका १३ जनाले मत दिएका थिए ।

राजधानी राख्ने पक्षमा नेकपाका ६१ र कांग्रेसका ५ सहित ६९ मत परेको थियो ।

Previous articleमठ, मन्दिर र मस्जिद खोल्न जनता समाजवादी पार्टी बाँकेको माग
Next articleचाडपर्वमा अनुगमन तीव्र बनाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here