
दाङ । सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानेका छन् ।
दाङ तुलसीपुरका उपमहानगरपालिका वडा नं-८ टिकरीका ३५ वर्षीय बसन्त केसीले आइतबार बेलुका ८ बजेर ३५ मिनेटको समयमा आफैंलाई गोली हान्दा घटनास्थलमै उहाँको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार कारागार सुरक्षा गुल्म तुलसीपुरमा ४/५ दिन पहिले आएका केसीले ड्युटीकै क्रममा आफूलाई गोली हान्नुभएको हो ।
केसी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत रहेको मल्लले बताउनुभयो । घटनाबारे थप अनुसान्धन बाँकी रहेको प्रहरीले बताएको छ ।





