
गुलरिया । बदिया गुलरियामा प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारिमा संचालित सिकाइ परियोजना अन्तरगत बर्दिया जिल्लाका २५ बिधालयका शिक्षकहरुका लागी आधारभुत तह (कक्षा १-३) को एकिकृत पाठ्यक्रम तथा पाठ्यसामाग्री सम्बन्धी प्रशिक्षण शुरु गरिएको छ । ४ बैशाख देखि ८ गते सम्म ५ दिन सम्म संचालन हुने उक्त तालिम प्रशिक्षणमा बर्दिया जिल्लाका २६ जना शिक्षकहरुको सहभागीता रहेको छ ।
सस्थाका सहसचिबको बिष्णु अधिकारीको अध्यक्षतामा भएको तालिम उदघाटन सत्रमा सस्थाले बिगत लामो समय देखि बाँके र बर्दिया जिल्लाका बिभिन्न स्थानिय तहसंगको समन्वयमा बालबालीका, महिला तथा बिपन्न परिवारसंग काम गरिरहेको र अछिल्लो समयमा बर्दिया जिल्लाको ६ वटा स्थानिय तहमा शिक्षाको गुणस्तर बृद्दिका लागी परियोजना मार्फत काम गरिरहेको बताउदै यस तालिमबाट शिक्षकहरुको अवधारणा अनुसार यस पाठ्यक्रममा सिकाइ हासिल हुने र सक्षमता तथा सिकाइ उपलब्धि र ती सक्षमता तथा सिकाइ उपलब्धि प्राप्तिका लागि आवश्यक विषयवस्तु लगायत सिकाइ सहजीकरण प्रक्रिया र विद्यार्थी मूल्याङ्कनका लागि आवश्यक निर्देशनसहितको सिकाइ योजनाका रूपमा बालबालिकाको सिकाइलाई मार्गदर्शन गर्न सहज हुने बताउनुभयो ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले निर्दिष्ट गरेका सिद्धान्त तथा आधारलाई टेकी राष्ट्रको शिक्षा नीति तथा राष्ट्रिय पाठ्यक्रम प्रारूपले मार्गनिर्देश गरेको शिक्षाको लक्ष्य तथा प्रक्रियाअनुरूप शिक्षा पद्धति सञ्चालनको मूल आधारका रूपमा पाठ्यव्रmम रहेको हुन्छ ।
विद्यालय शिक्षाको पाठ्यक्रमले निश्चित कक्षा वा तहको अध्ययन पूरा गरेपछि विद्यार्थीहरूले हासिल गर्ने सक्षमता र ती सक्षमता हासिल गर्नका लागि विषयगत रूपमा प्राप्त गर्नुपर्ने सिकाइ उपलब्धि निर्धारण गर्दछ ।
पाठ्यक्रमले अपेक्षित सिकाइ उपलब्धि प्राप्तिका लागि सिकाइ विधि तथा प्रव्रिmयाको प्रयोग र विद्यार्थीमा अपेक्षित सिकाइ उपलब्धिहरू प्राप्तिको सुनिश्चिततालाई मार्गदर्शन गर्दछ ।
यही अवधारणा अनुसार यस पाठ्यक्रममा सिकारुले हासिल गर्नुपर्ने सक्षमता तथा सिकाइ उपलब्धि र ती सक्षमता तथा सिकाइ उपलब्धि प्राप्तिका लागि आवश्यक विषयवस्तु लगायत सिकाइ सहजीकरण पाठ्यक्रम र विद्यार्थी मूल्याङ्कनका लागि आवश्यक निर्देशनसहितको सिकाइ योजनाका रूपमा बालबालिकाको सिकाइलाई मार्गदर्शन गर्न आवश्यक पर्ने तइभ्वहरू समावेश गरिएको छ ।
यस पाठ्यक्रममा विद्यार्थीका पूर्व सिकाइ अनुभव, उसको परिवेश तथा पृष्ठभूमि, रुचि र क्षमतासहित वर्तमानको आवश्यकता आकलन गरी उनीहरूले हासिल गर्नुपर्ने ज्ञान, सिप, अभिवृत्तिसहितका सक्षमताहरू समेट्न आबश्यक रहेको छ ।
आधारभूत तह (कक्षा १-३) का विषयगत पाठ्यक्रम, एकीकृत पाठ्यक्रममा समावेश गरिने व्यवहारकुशल सिपहरू र एकीकृत पाठ्यक्रमको समग्र संरचना बारेमा ५ दिनसम्म तालिमको बिषयबस्तु समाबेश गरिएको सहजकता मनोज भण्डारीले बताउनु भयो ।
यस तालिममा परियोजना संचालन भएका बर्दिया जिल्लाका २६ बिधालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागीता रहेको र कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।





