प्रारम्भिक सिकाई पढाई सन्दर्भ सम्बन्धि ४० प्रकारको नमूना सामाग्री निर्माण

गुलरिया । शिक्षक निर्देशिका, पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका बिषयबस्तुसंग मिल्ने र बालमैत्री पठन सामाग्री निर्माण गर्ने, छापामय कक्षा कोठा व्यवस्थापन गराउन, लैगिंकमैत्री तथा बालमैत्री शैक्षिक सामाग्री निमार्ण गर्न शिक्षकहरुका लागि आयोजना गरिएको प्रारम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निमार्ण र प्रयोग सम्बन्धिको तालिम सकिएको छ ।

बर्दियाको गुलरिया तथा ठाकुरबाबा नगरपालिकामाका परियोजना संचालित बिद्यालय लक्षित संचालन गरिएको तालिमका सहभागिहरुले पाठ्यक्रमसंग आवश्यक शैक्षिक बस्तुहरु समेत निर्माण गरेका छन् । सहभागिहरुले ४० प्रकारको नमूना सामाग्री निर्माण गरेका छन् । साथै बिधालयमा गएर स्थानीय स्रोत तथा साधनको प्रयोग गरि सामाग्री निर्माण गर्ने् कार्ययोजना समेत निर्माण गरेका छन् ।

तालिममा परियोजना लागु भएका ठाकुरबाबा तथा गुलरिया नगरपालिकाका बिभिन्न वडाका बाल बिकास केन्द्र देखि कक्षा ३ सम्मका कक्षा शिक्षकहरुलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको थियो ।

परियोजना लागु भएका ठाकुरबाबाका सामुदायिक बिधालयमा १५ जना र गुलरियाका २२ जना कक्षा शिक्षकहरुको सहभागीता रहेको सो तालिम प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको साझेदारीमा सम्बन्धित स्थानीय तहको समन्वयमा संचालन भएको थियो । तालिम राष्ट्रिय सेतो गुराँसका सहजकर्ता झल कार्की र राधा मल्लले सहजिरकण गर्नुभएको थियो ।

प्लान इन्टरनेशनल नेपालको सााझेदारी स्याकले लामो समयदेखि सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आइरहेको तथा हाल गुलरियाका ७ र ठाकुरबाबा नगरपालिकाका १२ वटा गरि जम्मा १९ वटा बिधालयमा सिकाइ परियोजनामार्फत बालिकाको बिधालयमा पहुँच तथा बालबालिकाहरुको शैक्षिक गुणस्तर बृद्धि गर्र्ने कार्य गरिरहेको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

Previous articleकक्षा १-३ को एकिकृत पाठ्यक्रम तथा पाठ्यसामाग्री सम्बन्धी प्रशिक्षण शुरु
Next articleबाँकेमा भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम स्थगित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here