चाडपर्वमा अनुगमन तीव्र बनाइने

बाँके । नजिकिंदै गरेका चाडपर्वलाई लक्षित गर्दै बाँकेमा बजार अनुगमनलाई तीव्र बनाइने भएको छ l जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको नियामक सरकारी निकायहरु र व्यवसायी प्रतिनिधिहरु बीच भएको बैठकले त्यस्तो निर्णय गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनु भयो l
चाडपर्वको बेला बजारमा माग बढ्ने र त्यसबेला विभिन्न बाहानामा मुल्य बृद्दि हुन सक्ने र गुणस्तरहीन बस्तु पनि बजारमा आउन सक्ने सम्भावनालाई दृष्टिगत गरि नियामक निकाय र व्यवसायीहरु सम्मिलित समन्वय बैठकको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वांगले बताउनु भयो l सबै निकाय मिलेर उपभोक्ता हितमा काम गर्न प्रजिअ कुरूम्वांगले आग्रह गर्नु भयो l
नेपालगंज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले उपभोक्ताको हक, हित र अधिकारको लागि उपमहानगरपालिकाकाले कानुन बनाएर काम गरिरहेको र बजार अनुगमनलाइ पनि सोहि अनुरुप अगाडी बढाईरहेको जानकारी दिनु भयो l कोहलपुर नगरपालिकाका उपप्रमुख संजु कुमारी चौधरीले पनि नगरपालिकाले कानुन बनाएर व्यस्थित रुपमा उपभोक्ता हितको कार्यक्रमलाई अघि बढाइरहेको बताउँदै व्यवासायीहरु पनि जिम्मेवार हुनुपर्ने बताउनु भयो l
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्यालले उपभोक्ता हित सबैको साझा विषय भएकोले बजार अनुगमनलाई सबै पक्षले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो l अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौतमले विभिन्न बाहानामा उपभोक्ताहरु मारमा परिरहेको हुनाले सबै पक्ष जिम्मेवार हुनु पर्ने र नियामक निकायहरु समन्वयात्मक ढंगबाट अघि बढ्नु पर्ने आवश्यकता माथि जोड दिनु भयो l
नेपालगंज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले चाडपर्वको बेला बजारमा उपभोग्य सामानको अभाव नहुने र बजार अनुगमनमा संघको सहयोग र सहकार्य रहने धारणा राख्नु भयो l

Previous articleप्रदेश ५ को नाम लुम्बिनी, राजधानी दांङको देउखुरी
Next articleडा.केसीको जीवन रक्षाका लागि बार्ता टोली गठन गर्न नागरिक समाजका अगुवाको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here