आगलागी प्रभावित परिवारलाई राहत वितरण

नेपालगंज । आगलागी प्रभावित परिवारलाई स्थानीय तह र नेपाल रेडक्रसले क्रमशः खाद्य र गैरखाद्य राहत सामग्री वितरण गरेको छ ।

आगो नियन्त्रणमा आए पश्चात स्थानीय तह, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी जानकी र गंगापुर उपशाखाका तालिम प्राप्त स्वयंसेवक परिचालन भै स्थलगत सर्वेक्षण गरी स्थानीय तहबाट खाद्य (दाल, चामल, नुन, तेल र तयारी खाना) सामग्री र रेडक्रसबाट गैरखाद्य राहत सामग्री वितरण गरिएको उपशाखाले जनाएको छ ।गत सप्ताह जानकी गाउँपालिका ५ मा आगलागी हुँदा ८ घरपरिवार, राप्तीसोनारी गा.पा.मा १ र बैशाख ४ र ६ गते नरैनापुरमा आगलागी हुँदा ११ परिवारलाई प्रतिपरिवार त्रिपाल १, कम्बल २, कपडा सेट, भाडा सेट र हाइजीन किट गरी २० सेट रु. १ लाख ५० हजार बराबरको गैरखाद्य राहत सामग्री वितरण गरिएको छ ।

राहत सामग्री वितरण गर्दै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले रेडक्रसको सहयोग उल्लेखनीय रहेकोे प्रशंसा गर्दै विपद्बाट प्रभावितलाई तत्काल पालिकाबाट खाद्य बस्तु र रेडक्रसबाट गैर खाद्य राहत सामग्री वितरण गरिएको बताउनुभयो ।नरैनापुर गाउँपालिकाको ३ वटा टोलमा एकै दिन बैशाख ६ गते फरक­-फरक समय आगलागी हुँदा १० घरघुरी जलेर खरानी भएको थियो । नरैनापुर गाउँपालिकामा दमकल उपलब्ध रहेकोले आगो नियन्त्रण गर्न सहज भएको अन्यथा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था हुन्थ्यो ।

आगलागीको मुख्य कारण लापरवाही भएकाे भएपनि आगो कसरी लागेको हो भन्ने यकिन गर्न मुस्किल रहेको बडा अध्यक्षहरु बताउँछन् ।

Previous articleजेसिज सप्ताह : लागूऔषध सचेतना कार्यक्रम सम्पन्न
Next articleहर्षाेल्लासका साथ अलबिदाकाे नमाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here