जेसिज सप्ताह : लागूऔषध सचेतना कार्यक्रम सम्पन्न

नेपालगन्ज । नेपालगंज जेसीजले आयोजना गरेको साप्ताहिक कार्यक्रम अन्तर्गत चौथों दिन शुक्रबार लागूऔषध सचेतना कार्यक्रम गरेकाे छ ।

नेपालगञ्ज जेसिज बर्ष २०२३ का अध्यक्ष रोशन के.सीकाे सभापतित्वमा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र र लागु औषध निःशुल्क परामर्श केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष चिरन्जिबी शर्मा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नरेश बि.क, नेपालगंज सेण्ट जेभिएस स्कुलका संस्थापक कमल देवकोटा लगायतकाे उपस्थिति रहेकाे थियाे ।नेपालगञ्ज जेसिज वर्ष २०२३ का थिम निर्देशक तथा यस कार्यक्रमका संयाेजक प्रकाश कुँवरका अनुसार पधाधिकारीहरु र बिधालयका बिद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियाे । कार्यक्रमलाई सफल बनाऊनका लागि सह-संयोजक शिशिर सुबेदीकाे समेत उपस्थिति रहेकाे थियाे ।

Previous articleठुलाे मात्राकाे सुनका गहनासहित नेपालगन्जबाट दुई जना पक्राउ
Next articleआगलागी प्रभावित परिवारलाई राहत वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here