एन वि युथ ग्रुपद्वारा नेपालगन्जमा रक्तदान

नेपालगन्ज । नेपालगन्जमा एन वि युथ ग्रुपले रक्तदान कार्यक्रम गरेकाे छ । नेपालगन्जमा केही नयाँ गर्ने उदेश्यले गठित ग्रुपले साेमबार पहिलाे पटक रक्तदान कार्यक्रम गरेकाे हाे ।

कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । ग्रुपका अध्यक्ष प्रकाश नेपालीकाे अध्यक्षतामा भएकाे कार्यक्रम नेपालगन्ज वडा न-७ काे स्वास्थ्य कार्यालयमा संचालन गरिएको थियाे ।

नेपालगन्ज वडा न-७, मानव अधिकार तथा शान्ति समाज बाँकेकाे समन्वयमा भएकाे कार्यक्रममा भेरी अस्पतालस्थित रक्तसंचार सेवा केन्द्र नेपालगन्जले प्राविधिक सहयाेग उपलब्ध गराएको थियाे ।

समाजमा केही नयाँ गर्ने उदेश्यले ग्रुपकाे निर्माण गरिएको अध्यक्ष नेपालीले जानकारी दिनुभयाे ।

Previous articleवैदेशिक रोजगारीमा जाँदा स्वास्थ्य परीक्षण गराउने संस्थाहरु (सूचीसहित)
Next articleसिकाई किओस्क स्थापना, प्रभावकारी बनाउन समझदारी पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here