सिकाई किओस्क स्थापना, प्रभावकारी बनाउन समझदारी पत्र

जयनगर-बर्दिया । बालबालिकाको सिकाई अवसरलाई विविधिकरण गरी सिकाई उपलब्धिमा सुधार ल्याउनका लागि परियोजनाले शिक्षण सिकाई प्रक्रियामा प्रविधिको प्रयोगलाई प्रर्वद्धन गरिरहेको छ ।

सिकाई परियोजना अन्तर्गत सिकाई किओस्क (Learning Kiosk) स्थापना, कार्यान्वयन, अनुगमन तथा दिगोपनलाई प्रभावकारी बनाउन समझदारीमा उल्लेखित जिम्मेवारी निर्वाह गर्ने गरी प्लान ईन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र श्री सरस्वती माध्यमिक विद्यालय, बारबर्दिया-१, जमुनियाका बिधालय ब्यवस्थापन समितिका अध्यक्ष सन्तराम थारुबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

प्लान नेपाल र समाज कल्याण परिषद्बिच सम्झौता भएअनुरुप बाल-केन्द्रित सामुदायिक विकास अन्तर्गत सिकाई परियोजना बर्दिया जिल्लामा सञ्चालन भईरहेको छ ।

यस परियोजनाले बर्दिया जिल्लाका स्थानीय तहसंगको समन्वयमा समावेशी तथा लैंगिक रुपान्तरणमुखि गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न सहयोग गरिरहेको छ ।लैङ्गिक रुपान्तरमुखि पद्धतिले बालिका तथा किशोरीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि सहयोग गर्दै आइरहेको र बालबालिकाको सिकाई अवसरलाई विविधिकरण गरी सिकाई उपलब्धिमा सुधार ल्याउन परियोजनाले बिभिन्न माध्यामबाट शिक्षण सिकाई प्रक्रियामा प्रविधिको प्रयोगलाई प्रर्वद्धन गरिरहेको छ ।

परियोजना अन्तर्गत सिकाई किओस्क स्थापना, कार्यान्वयन, अनुगमन तथा दिगोपनलाई प्रभावकारी बनाउनको समझदारी पत्रको समयावधि मिति २८ पौष २०७९ देखि जेष्ठ २०८२ सम्म गरि न्युनतम दुुई शैक्षिक सत्रको हुनेछ ।

यस अन्तर्गत शैक्षिक शत्र-२०८० शुरुवात हुनुपूूर्व सिकाइ किओस्कका पूूर्वाधार स्थापना, अभिमुखिकरण तथा अन्य आवश्यक तयारीका कार्यहरु सम्पन्न गरिनेछ भने शैक्षिक सत्र-२०८० को कक्षा संचालनसंगै सिकाई किओस्कलाई बालबालिकाको पहुँचमा पुर्याइने गरि समझदारी पत्रमा हस्ताक्षर भएको कार्यक्रममा बारबर्दिया नगरपालिकाका उपप्रमुख रत्न कुमारी पाण्डे, वडा नं १ का वडा अध्यक्ष, शिक्षा युवा खेलकुद शाखाका प्रतिनिधि, बिधालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी शिक्षक तथा प्लान नेपालका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्ने बक्ताहरुले यसको प्रयोग सदुपयोग मर्मत सम्भार सहितको कार्ययोजना तथा सबै बालबालिकाहरुमा यसको पहुँच र सहभागिता हुनुपर्ने बताएका थिए । साथै यसलाई अन्य बिधालयमा पनि पालीकाले बिस्तार गुर्नपर्नेमा जाेड दिएका थिए ।

Previous articleएन वि युथ ग्रुपद्वारा नेपालगन्जमा रक्तदान
Next articleभर्ना कार्यक्रममा जाेड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here