बाँकेका वाग्ले र बर्दियाका लम्साल केन्द्रीय सदस्यमा सर्वसम्मत

बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले निःशुल्क रगतलाई पैसा कमाउने माध्यमका रूपमा विकास भएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । सर्वसाधारणले निःशुल्क दान गरेको रगतको मूल्य लिनु गलत काम भएको बताउँदै सामुदायिक अस्पतालमा अझै पनि शुल्क लिने काम हुनु लज्जास्पद भएको बताउनुभएको हो ।

स्वयंसेवी रक्तदाता समाजको चौथो राष्ट्रिय महाधिवेशनको बुटवलमा उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले जिम्मेवार पदमा हुँदासमेत निःशुल्क रगतलाई बेच्ने काम रोक्न नसकेकोमा दुखेसो गर्नुभयो ।

प्रदेश प्रमुख शेरचनले ७८ औँ पटक रक्तदान गरेका रक्तदाता कृष्ण चौहानलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा हाम्रो रगत नामक पुस्तक विमोचन गरिएको थियो भने हाम्रो रगत गीत सार्वजनिक गरिएको छ ।कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व भएको जिकिर गर्दै निःशुल्क रगत पाउनु नैसर्गिक अधिकार रहेको बताउनुभयो । उहाँले सरकारबाट २५ बेडसम्मका अस्पतालले ब्लड बैंक खोल्न पाउने भनिए पनि त्यो कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो ।

समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले निःशुल्क रगतको अभियान गाउँगाउँमा पुर्‍याउन सकिने सम्भावना रहेको बताउँदै सरकार यस विषयमा चासो नदिँदा बिरामीहरू पीडित हुनुपरेको बताउनुभयो ।नेपाल रेडक्रस सोसाइटीलाई एकलौटी रूपमा ब्लड बैंकको जिम्मा दिनु गलत भएको भन्दै स्थानीय पालिकाहरूमा ब्लड बैंक खोल्न सकिने सुझाव दिनुभएको थियो ।

महाधिवेशनमार्फत बाँकेका गोविन्द वाग्ले र बर्दियाका प्रेम प्रसाद लम्साल सर्वसम्मत केन्द्रीय सदस्य चयनह हुनुभएको छ ।

Previous articleमहतोको संयोजकत्वमा नरैनापुरमा योग नेपालको शाखा गठन
Next articleसंघ, संस्था दर्ता सम्बन्धि गृह मन्त्रालयसँग सूचना माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here